घाइते अवस्थामा देखिएको चितुवा मृत फेला

गोरखा | भदौ २१, २०८१

घाइते अवस्थामा देखिएको चितुवा मृत फेला

गोरखा:     गोरखा नगरपालिका–१० स्थित बिरिन्चोक नजिकैको खोल्सीमा घाइते अवस्थामा देखिएको चितुवा मृत फेलापरेको छ । बजार क्षेत्र नजिकै खोल्सीको झाडीमा घाइते अवस्थामा भेटिएको चितुवाको उद्धारमा ढिलाइ हुँदा मृतावस्थामा फेलापरेको हो । 


मृत भेटिएको चितुवा वयस्क अवस्थाको पोथी चिुतवा रहेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदनमोहन शालिण्यले जानकारी दिनुभयो । 


“स्थानीयवासीले चितुवा भेटिएको जानकारी गराएपछि डिभिजन वन कार्यालय गोरखाबाट कर्मचारी परिचालन गरी बुधबार दिनभरि उद्धारको प्रयास गरिएको भए पनि सकिएको थिएन”, उहाँले भन्नुभयो, “बिहीबार उद्धारका लागि सोही स्थानमा पुगेर खोजी गर्दा बिरिन्चोक बजार नजिकै पानी ट्याङ्कीमा चितुवा मृतावस्थामा फेला प¥यो ।”


चितुवाको शरीरमा कुनै चोटपटक नदेखिएको उहाँको भनाइ छ । “शरीरमा घाउचोट केही छैन”, उहाँले भन्नुभयो, “चितुवालाई कसैले विष खुवाएको वा आफैँ अस्वस्थ भएर मरेको हुनसक्छ ।” वन डिभिजन कार्यालय गोरखासँग चितुवा उद्धारका लागि डार्ट गर्ने जनशक्ति नहुँदा उद्धारमा ढिलाइ भएको प्रमुख शालिण्यको भनाइ छ ।


भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमा मृत चितुवाको परीक्षण गरी डिभिजन वन कार्यालय परिसरमा गाडिएको उहाँले जानकारी दिनुभयो ।

पोखरा ।   जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...

थप पढ्नुहोस्

पोखरा ।  गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ ।   मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

थप पढ्नुहोस्

लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) र  अल जजिराले उद्धृत गरे अनुसार दक्षिणी लेबनानमा भएको पछिल्लो इजरायली आक्रमणमा एक पत्रकारसहित पाँच जनाको मृत्यु भएको छ ।   रिपोर्टका अनुसार, सुरुमा द...

थप पढ्नुहोस्